बजेट कार्यान्वयनको लागि योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बजेट कार्यान्वयनको लागि योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

kp oli

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने गरी कार्ययोजना बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुको संयुक्त बैठक बोलाइ नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आवश्यक कार्ययोजना असार १५ गतेभित्र बनाईसक्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको कार्यतालिका, संरचनागत तयारी, कर्मचारी व्यवस्थापन, कानुन निर्माणलगायत काम गर्न निर्देशन दिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए । प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा छलफल गरी साउन १ गतेबाट कार्यन्वयनको काममा गति दिन मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);