गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

pm kp oli

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ ।

बुधबार सिंहदरबारमा आयोजित मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजना सम्झौंता सम्बन्धि कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिवी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि उल्लेख गर्नुभयो । उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्न पनि सबै मन्त्रीहरुलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा पनि जोड दिनु भयो । त्यस अवसरमा सचिवहरुले मन्त्रीहरुसँग पनि कार्य सम्पादन सम्झौता गरेका थिए । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौंता गर्ने कामको सुरुवात गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);