कांग्रेस र राजपाद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेस र राजपाद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

pratidhini sabha

काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बुधवारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेका छन् ।

कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाको सत्य तथ्य छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेका हुन । सभामुख कृष्ण बहादुर महराले बुधबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै कांग्रेस र राजपाका सांसदहरुलेउभिएर विरोध जनाएका थिए । सभामुखले बैठकको कार्यसूची अगाडी बढाउन खोजेपछि सांसदहरुले रोष्टम अगाडी गएर नाराबाजी गरेका थिए ।

सभामुखले प्रतिपक्षी दलका सांसदहरुलाई आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि सांसदहरुले नाराबाजी गरिरहेपछि बैठक कार्यसुचीमा प्रवेश नगरी बिहिवार २ बजे बस्नेगरी स्थगित भएको छ । नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका भिन्ना भिन्नै ३ घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दे असार २४ गते देखि निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);