अवरुद्ध संसद खुलाउने बिषयमा भएको छलफल विना निस्कर्ष सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अवरुद्ध संसद खुलाउने बिषयमा भएको छलफल विना निस्कर्ष सकियो

krishana bdr mahara

काठमाडौं, १९ साउन । सभामुख कृष्ण बहादुर महराले अवरुद्ध प्रतिनिधि सभाको बैठक खुलाउने बिषयमा आइतवार सत्ता र प्रतिपक्षी दलका नेतासंग छुट्टा छुट्टै छलफल गर्नुभएको छ ।

आइतवार सिंहदरबारस्थित सभाुमखको कार्यकक्षमा सदन खुलाउने विषयमा छलफल भएपनि निष्कर्ष भने निष्कन सकेन । प्रतिनिधि सभाको बैठक सोमवार बस्दैछ । सर्लाहीका दुई छुट्टैछुट्टै घटनाका बारे संसदीय छानबिनि समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले असार २४ गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् ।

असार २४ गते यता प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले सर्लाही घटनाको सत्य तथ्य वाहीर ल्याउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै सदन अवरोध गर्दै आएका छन् ।

प्रतिनिधि सभाको बैठक सोमवार ११ बजेका लागि बोलाइएको छ । यस अघि पनि सभामुख महराले बैठक खुलाउने बिषयमा छलफल गर्नु भएको थियो । तर सहमती जुट्न भने सकेको छैन ।

सत्तारुढ र प्रतिपक्षी दल सदन खुलाउने विषयमा सकारात्मक देखिएपनि निकासको बाटो भने तय भइनसकेको सभामुख महराको भनाई छ । उहाँले प्रतीपक्षले उठाएको मागको सन्दर्भमा सर्वदलीय वार्ताटोली गठन गरी छलफल गर्ने गरी अघि बढ्न सकिने बिकल्प प्रस्तुत गरिएको बताउनु भयो । सभामुख महराले राखेको प्रस्ताव प्रति सक्ता पक्ष सकारात्मक देखिएपनि संसदीय छानविन समिति गठन गर्न भने तयार देखिदैन ।

सभामुखले अघि सारेको विकल्पमा सत्ता पक्ष तयार भएपनि, प्रतीपक्षी दल नेपाली कांग्रेस र राजपा भने उक्त विकल्प स्विकार गर्न तयार छैनन् । सदनमा आफुहरुले उठाएको मागअनुसार संसदिय छानविन समिति गठन नहुँदासम्म अवरुद्ध सदन खुलाउने पक्षमा प्रतिपक्षी दल देखिदैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);