प्रतिनिधि सभा बैठक केही बेरमा बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनिधि सभा बैठक केही बेरमा बस्दै

krishna bahadur mahara

काठमाडौं, १६ साउन । अवरुद्ध संसद बैठक खुलाउने बिषयमा सभामुख कृष्ण बहादुर महराले राजनीतिक दलका नेताहरुसंग छलफल गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीमा घटेका भिन्ना भिन्नै घटनाको संसदीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै पछिल्ला संसद बैठक अवरुद्ध गर्दै आएका छन । सर्लाहीमा असार १५ गते अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर ईश्वर नगरपालिका–१३ का २८ वर्षीय सरोजनारायण सिंहको मृत्यु भएको थियो ।

अघिल्लो दिन बालुवा गिट्टी झिकिएको खाल्डोमा डुबेर त्यही ठाउँका १२ वर्षीय अमित रायको मृत्यु भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । त्यही क्रममा सिंहको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसको १० दिन अगाडि नेत्रबिक्रम चन्द बिप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीको कारबाहीमा मारिएका थिए । दुई दलले त्यस घटनालाई पनि जोडेर संसदीय छानबिन समितिको माग गरेका हुन । प्रतिनिधि सभाको बैठक केहीबेरमा बस्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);