सर्लाही घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्लाही घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध

samsad rajapa

काठमाडौं, २४ असार । गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।

मंगलवारको प्रतिनिसिभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा घटेका तीनवटा घटनाका बारेमा सांसदले सोधेका प्रश्नको चित्तबुझदो जवाफ नदिएको भन्दै कांग्रेस र राजपाका सांसदले संसद बैठक अवरुद्ध पारेका हुन् । गृहमन्त्री थापाले सरकार मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पार्नुभएको थियो ।

गृहमन्त्री थापाले केही समय पहिला विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको समुह र पैहरीबीच जम्काभेट हुदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा पौडेलको मृत्यु भएको बताउनुभएको थियो । त्यसैगरी सर्लाहीको बाँके चोकमा खाल्डोमा हुबेर एक बालकको मृत्यु भएकोमा स्थानीयले प्रदर्शन गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ती घटनामा गृहमन्त्रीको जवाफप्रति सांसदहरुले आपत्ति जनाएका थिए । सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरि बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);