सरकार नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न प्रतिवद्ध रहेको छ: गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकार नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न प्रतिवद्ध रहेको छ: गृहमन्त्री

rambahadur thapa badal

काठमाडौं, २८ जेठ । गृहमन्त्री राम बहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा माईतिघर मण्डलामा जेठ २६ गते भएको प्रदर्शनमा प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताउनुभएको हो ।

उहाँले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माईतीघर मण्डलामा केही संस्था, समिति,सम्पदा बचाउ अभियान लगायतको प्रर्दशनको क्रममा प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताउनुभयो ।

गृहमन्त्री थापाले सरकारले नागरिकको अधिकारलाई बरबर दमन गर्यो, कुण्ठित गर्यो भन्ने भनाई गलत भएको भन्दै शान्ति सुरक्षा कायम गरि सार्वजनिक यातायात सुचारु गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको सदनलाई जानकारी गराउनुभयो । उहाँले घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानविन गर्ने बताउनुभयो ।

मण्डलामा भएको प्रहरी दमनको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दे सोमबारको संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि मंगलबारको बैठकमा गृहमन्त्री थापाले त्यसबारे सदनलाई स्पष्ट पार्नभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);