धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी

rajendra kc

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसी धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दे काठमाण्डौ उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए उपत्यका घेरावन्दी हुने चेतावनी दिनुभयो । सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उहाँले विधेयक उपत्यकाबासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिनुभयो

सांसद केसीले प्रधानमन्त्री केपी शर्मा ओली विदेशीको धर्म प्रचार प्रशार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप लगानुभयो ।