सरकारले नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरेको कांग्रेस सांसदको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सरकारले नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरेको कांग्रेस सांसदको आरोप

lakshmi pariyar

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृतिमाथि प्रहार गरेको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले परियारले सरकारले किसानको नाममा धर्म , संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले गुठी विधेयकका सवालमा आफ्नो शक्ति देखाउने प्रयत्न गरे सरकार स्वयमलाई त्यसले नोक्सानी पुर्याउने चेतावनी दिनुभयो ।

बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले तराइ आन्दोलको छाबिन गर्न गठित सर्बाेच्च अदालतका पूर्व न्यायाधीस गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख सभामुख कृष्ण बहादुर महराले आईतबारको बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेस र राजपाका सांसदहरुले उठेर ध्यानाकर्षण गराएपछि सभामुखले नेपाली कांग्रेसकी सांसद परियार र राजपाका सांसद यादवलाई बोल्नका लागि समय दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);