लोकसेवाले जनविश्वासलाई अझ समुन्नत बनाउने गरी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लोकसेवाले जनविश्वासलाई अझ समुन्नत बनाउने गरी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

loksewa-rastrapati bhandari

काठमाडौं, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगले जनबिश्वासलाई अझ समुन्नत बनाउने गरी काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।

लोकसेवा आयोगको ६९ औ बार्षिकोत्सवका अवसरमा आइतवार राजधानीमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगको गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबैपक्षलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन पनि आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने सरकारले लिएको संकल्पलाई पूरा गर्न लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको भन्दै आयोगको कामको प्रशंशा गर्नुभयो ।

कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पार्नु भयो । उहाँले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);