प्रधानमन्त्री ओली स्वदेश फिर्ता, गुठी विधेयक सच्याउने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, गुठी विधेयक सच्याउने प्रतिवद्धता

pm oli-guthi bidek

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने युरोप भ्रमण सकेर आइतवार स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री ओली गत जेठ २५ गते युरोपियन मुलुकहरु स्वीजरल्याण्ड,बेलायत र फ्रान्सको भ्रमणमा जानु भएको थियो ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा संचारकर्मीसंगको कुराकानीमा प्रधानमन्त्री ओलीले सरकारले संसदमा पेश गरेको गुठी सम्बम्धि बिधेयमा त्रुटी रहे सच्याउने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले गुठी बिधेयकको बिरोध र आन्दोलन गर्ने मौका सरकारले नदिने समेत दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले जनतालाई दुख दिन नचोको भन्दै सरोकारवाला पक्षसंग वार्ता गरेर समस्याको समाधान खेजिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले स्थानीय तहका लागि लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न गरेको बिज्ञापनवारेको बिवाद अदालतमा बिचाराधीन रहेकाले त्यसमा बोल्न नमिल्ले बताउनु भयो । उहाँले आफनो यूरोप भ्रमण सफल रहेको दाबी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);