राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी : प्रधानमन्त्री ओली

pm oli samsad

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी गर्नुभएको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसहरुले उठाएका बिभिन्न प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले पछिल्लो समय स –साना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यस किसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताउनुभएको हो ।

उहाँले सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि हासिल गरेको दाबी गर्दै कोरोना नियन्त्रणमा खर्च भएको रकममा भ्रष्टाचारको शंका नगर्न आग्रह गर्नुभयो ।प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ८५ प्रतिशत भारतबाट आएका उल्लेख गर्नुभयो । उहाँले भारतीय पक्षबाट बाटोको नाममा बाँध बनाउदै गरेको जानकारी गराउदै त्यस्ता कार्य असल छिमेकी र अन्तर्राष्ट्रिय कानुन विपरित भएकाले त्यसबारे नेपाल सरकारले भारतलाई सजग गराईरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारका पछिल्ला गल्ति सबै सच्याउनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट गएको भन्ने कुराको पनि खण्डन गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री ओलीले रुकुम पश्चिमको चौरजहारी घटनालाई सरकारले गम्भीरताका साथ लिएको भन्दै निष्पक्ष ढंगले छानविन हुने प्रतिवद्धता जनाउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);