कोभिड-१९ रोकथाममा भ्रष्टाचार भयो कि भनेर शंका नगर्नु : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८०, मंगलबार

कोभिड-१९ रोकथाममा भ्रष्टाचार भयो कि भनेर शंका नगर्नु : प्रधानमन्त्री

pm oli samsad

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि रु भनेर शंका नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उहाँले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शकांको दृष्टिले नहेर्न आग्रह गर्नुभएको हो ।

विश्वास बाट काम थालेको र असाधारण ढंगले काम भईरहेकाले उहाँहरुको भावनामा ठेस पुग्ने शब्दाबली प्रयोग नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । दिनैपिच्छे लेखापरीक्षण हुदैन । कामका बेला लेखापरीक्षण तर्फ केन्द्रीत पनि भएका छैनौ । यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नुपर्ने पनि छैन । यस्तो परिस्थितिमा तीनीहरु भ्रष्टाचार गर्नै पर्खि बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन । ”

प्रधानमन्त्री ओलीले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारी कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउदै अरुलाई लाञ्छना लगाउने र सधै अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न आग्रह गर्नुभयो ।