संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति गर्व लाग्यो : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति गर्व लाग्यो : प्रधानमन्त्री ओली

pm oli samsad

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गर्नुभएको छ। बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले बजेट आउँदा कसैलाई लग्यो कि कोरोनालाई वास्ता गरेन भनेर तर बजेट मुलत कोरोनाको रोकथाम नियन्त्रण उपचारमा केन्द्रित भएको बताउनु भयो । बजेट स्वास्थ्य क्षेत्रमा, कोरोनालाई समाप्त पार्ने कुरामानै बढि केन्द्रित भएको पनि उहाँले बताउनु भयो । उहाँले पहिला नेपाललाई मुक्त गराउने र समाजलाई मुक्त बनाउँने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);