दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाए, सचेत रहौं : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाए, सचेत रहौं : प्रधानमन्त्री ओली

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपालसमूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाउनुभएको छ ।

बिहीबार राजधानीमा आयोजित प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई सम्बोधन गर्दैपार्टी निकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको समेत टिप्पणी गर्नुभयो । दाहाल–नेपालसमूहतर्फ लक्षित गदै प्रधानमन्त्री ओलीले आफूहरु कालोझण्डा नफहराउने बताउनुभयो ।

यस्तैगरी प्रधानमन्त्री ओलीले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको भन्दै यसबाट सचेत रहन आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले पछिल्लो समय तीव्र गतिमा विकासको काम गरेको र यसलाई रोक्ने प्रयास भैरहेको भन्दै असन्तुष्टि जनाउनुभयो । ओलीले समृद्धि, समानता, सुखको लागि आफूहरु राजनीतिक लडाईं लडिरहेको बताउनुभयो ।

यस्तैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सुचना तथा सचार मन्त्री पार्वत गुरुङले पत्रकारीता क्षेत्रमा देखिएका समस्यालाई सरकारले पत्रकारहरुसंग राय सल्लाह सुझाब लिएर सरकार पत्रकारहरुको हकहितका लागि सदैब तयार रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई परिवारवादमा अल्झिएको आरोप लगाउँदै आफूलाई त्यस्तो गर्न आवश्यक नरहेको बताउनुभयो ।

यसअघि गत मंगलबार दाहाल–नेपाल पक्षनिकट प्रेस संगठनको कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको थियो । प्रतिनिधि सभापछि पार्टीका केन्द्रमा देखिएको विभाजन भातृ संगठनहरुमा समेत देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);