अबको निर्वाचनमा काँग्रेस एक्लै होमिन्छ, तर चुनाव हुनेमा शंका छः महामन्त्री कोइराला | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

अबको निर्वाचनमा काँग्रेस एक्लै होमिन्छ, तर चुनाव हुनेमा शंका छः महामन्त्री कोइराला

कपिलबस्तु १६ पुष। नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मितिमा चुनाव हुनेमा शंका ब्यक्त गर्नुभएको छ । काँग्रेसको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रेस युनियन कपिलवस्तुले बाणगंगामा गरेकोे पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले ओलीले वैशामा चुनाव गर्न नसक्ने बताउनु भएको हो ।चुनाव भए काँग्रेस एक्लै मैदानमा उत्रन्छ ।

ओलीले चुनाव गराउने नियत राख्नु पर्दछ । तर यो पक्का छ, उनले चुनाव गराउन्न्’ उहाँले भन्नुभयो । कम्युनिष्टहरुले जनतालाई दुख दिएको भन्दै अब काँग्रेस फेरि पनि जनताको मत लिएर सत्तामा जाने भन्दै तोकिएको मितिमा चुनाव गराउन ओलीलाई चुनौति सदनुभयो ।आफ्ना पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाले संविधान दिनु भएकोले त्यसको रक्षा गर्ने काम आफूहरुको भएको उहाँको भनाई छ । स.विधानको भावना विपरित प्रधानमन्त्री केपी ओलीले काम गरेको भन्दै त्यसविरुद्ध आफूहरुले निरन्तर संघर्ष गर्ने उहाँको चेतावनी छ ।

संसद पुर्नस्थापनाको विषय सर्बोच्च अदालतसम्म पुगेकोले अब उसैको निर्णय पर्खेर आफूहरु बसेको पनि उहाँले बताउनु भयो । उहाँले अदालतले ठिक फैसला दिने भन्दै त्यही फैसलालाई काँग्रेसले मान्ने प्रष्ट्याउनु भयो ।त्यसअघिको प्रशिक्षणमा महामन्त्री कोइरालाले कत्ति विचलित नभई राष्ट्रियता, प्र्रजातन्त्र र समाजबादको दिसामा उभिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अब कम्युनिष्टहरु सकिने दिसामा रेहेको हुँदा अबको पहिलो पार्टी काँग्रेस नै हुने उहाँको दाबी छ ।अर्को प्रशंगमा भन्दै नेपाली कागं्रेस महामन्त्री डा .शसांक कोईरालाले पार्टीलाई चलायमान बनाउनको लागि पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । नेपाली कागे्रंस कपिलवस्तुले मेलमिलात तथा एकता दिवसको अवसरमा तौलिहवामा राखेको विचार गोष्ठीमा कोइरलाले यस्तो बताएका हुन् ।

नेपाली कागे्रंसलाई व्यवस्थित र चलायमान र देशमा लोकतन्त्रको रक्षा गर्न अवको महाधिवेशनवाट नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।कोइरलाले भने शेरबहादुर देउवा या अरु कसैको मैले विरोध गरेर भनेको होइन वर्तमान अवस्थामा देश र पार्टीलाई गति दिन नया नेतृत्व आउनु पर्छ । साथै कोइरलाले पार्टीमा घात अन्र्तरघातको कारण निर्वाचनमा आफुहरु पराजय भोग्नु परेकोले अव सबै मिलेर एक भएर जानुपर्ने धारण राखे । यो गुट र त्यो गुट भनेर कोही कतै नलाग्नुहोस नेपाली कागे्रंस भनेर लाग्नुहोस त्यसैमा सबैको हित र जित हुन्छ उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल, दिपक गिरि ,गुरुराज घिमिरे,अतहर कमाल,पुर्व सदस्य दिपकुमार उपाध्याय,आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाह,राजेश सिंह , पुर्व सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, महिला संघ केन्द्रिय सदस्य सुमित्रा शर्मा, तरुण दल सभापति शक्ति सिंह ठकुरी, ने वि संघ पुर्व सभापति मोहम्मद ओजिह अरसद, विमला गैरे लगायतले मेलमिलापको बारेमा बोलेका थिए । पार्टिका जिल्ला सभापति सुरेन्द्रराज आर्चायको अध्यक्षता र सचिव प्रेम बहादुर रायमाझिको संचालन तथा जिल्ला समन्यव समित उप प्रमुख तारावती थारुको संचालनमा कार्यक्रम सम्मन्न भएको थियो ।

Leave a Reply

ताजा समाचार