संसदीय दलको नेता बन्न कांग्रेसमा होडबाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

संसदीय दलको नेता बन्न कांग्रेसमा होडबाजी

congress sarkar

काठमाडाैं, १६ फागुन । संसदीय दलको नेता बन्न नेपाली कांग्रेसमा होडबाजी चलिरहेको छ । सभापति शेरबहादुर देउवाले दलको नेतामा दाबी प्रस्तुत गरिरहँदा नेता रामचन्द्र पौडेल समूह भने देउवालाई रोक्ने कसरतमा देखिएको छ ।

निर्वाचनमा लज्जास्पद हार बेहोरेदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवामाथि नेताहरुले प्रश्न उठाउँदै आएका छन् । एक तहमा त नेतृत्व परिवर्तसम्मको बहस चलिरहेको छ ।

त्यही अनुसार संसदीय दलको नेता बन्ने प्रयासमा नलाग्न देउवालाई महामन्त्री शशांक कोइरालासहितका नेताहरुले सुझाव दिँदै आएका छन् । तर, होलीको सन्दर्भ पारेर कोइरालाले नै बोलाएको ‘लञ्च मिटिङ’मा देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्रोतका अनुसार देउवाले राजनीतिक विषयमा छलफल नगर्ने सहमतिमा महामन्त्रीको निमन्त्रणा स्वीकार गरेका थिए । तर, संचारकर्मीको जिज्ञासापछि देउवाले स्वयंलाई रोक्न सकेनन्

देउवाले आफ्नो दाबी नछाडेपछि महामन्त्री कोइराला सर्वसम्मत हुने आशा अझै त्यागेका छैनन् । उनी देउवाले अहिलेसम्म आफूलाई प्रस्तुत गर्नुको पछाडी नेता अभाव भएको भन्दै भोली नेता प्रस्तुत गरेसँगै उनले सर्वसम्मतिका लागि दावी छोड्ने विश्वासमा छन् । कोइरालाको भनाईमा कांग्रेसमा अहिले नेता को बन्ने भन्दा महत्वपूर्ण कुरा कांग्रेसलाई कसरी एकताबद्ध बनाउने भन्ने हो ।

त्यसो त, देउवालाई संसदीय दलको नेता बन्नबाट रोक्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको सक्रियता पनि कम छैन । उनले कोही पनि सर्वसम्मत नभए चुनाव नै लड्ने तयारीसमेत गरिरहेका छन् । नेताहरुको पछिल्लो अभिव्यक्ति सुन्दा देउवा सर्वसम्मत हुने सम्भावना अत्यन्तै न्यून छ ।

यता, नेता रामचन्द्र पौडेल शशांक वा प्रकाशमानमध्ये एकजनालाई देउवासँग चुनाव लडाउने तयारीमा छन् । देउवालाई रोक्दा शशांक पनि सर्वसम्मत हुने सम्भावना छ । उनले चुनाव चाहिँ नलड्ने बताएकाले प्रकाशमान नै पौडेल पक्षबाट देउवासँग लड्ने सम्भावना देखिन्छ । त्यसैले देउवासँगै लञ्च गरेर निस्किएका नेता पौडेलले यसपटक संसदीय दलको नेतामा दाबी छाड्न देउवालाई सुझाव दिए ।

कांग्रेसमा निर्वाचित सांसदको संख्या सभापति देउवा पक्षकै बढि भएकाले आफू निर्वाचित हुनेमा देउवा विश्वस्त छन् । तर, कांग्रसेका तीन हस्ती स्वर्गीय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु एकठाउँ उभिएको अवस्थामा समस्या पर्न सक्नेमा उनी जानकार छन् ।

त्यसैले पनि सभापति देउवा चुनाव हारेका निधिलाई मनाउने ध्याउन्नमा रहेको उनी निकटकै नेताहरुको बताउँछन् । संसदीय दलको नेता पराजित भएमा यो कार्यकालको अन्त्यसँगै देउवा प्यानल सकिने भएकाले पनि देउवा संसदीय दलको नेता जसरी पनि बन्ने कसरतमा देखिएको तीन नेताहरुको बुझाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);