कांग्रेसमा संसदीय दलको नेता बन्न तछाड-मछाड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कांग्रेसमा संसदीय दलको नेता बन्न तछाड-मछाड

काठमाडौं, १२ फागुन । आफैँले गराएको प्रतिनिधिसभा निर्वाचनमा खुम्चिएर ६३ सिटमा सीमित भएको कांग्रेसमा संसदीय दलको नेता बन्न हानाथाप भइरहेको छ ।

सभापति शेरबहादुर देउवा आफै संसदीय दलको नेता बनेर शक्ति र सुविधा हत्याउने प्रयासमा छन् भने महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह देउवालाई चुनौती दिइरहेका छन् ।

दल कमजोर भएका वेला आन्तरिक किचलो धेरै हुने रोगले यतिवेला नेपाली कांग्रेस ग्रस्त देखिएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ६३ र ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिटमा सीमित भएको कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि भने तछाड–मछाड चलिरहेको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई सार्वजनिक कार्यक्रमबाटै महामन्त्री शशांक कोइरालाले चुनौती दिएका छन् ।

अर्का नेता प्रकाशमान सिंहको आँखा पनि संसदीय दलको नेतामै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचनमै पराजित भएका वेला आफूलाई कोइराला–पौडेल समुहको नेताका रुपमा उनले विभिन्न कोणबाट चित्रित गरिरहेका छन् ।

उनले त सभापति देउवाको अब पद दावी गर्ने नैतिक हैसियत समाप्त भएको भन्दै पद छोड्नु नै श्रेयस्कर हुने समेत भनिसकेका छन् । पार्टी हारेकै वेला ०५१ सालमा दलको नेता भएर यहाँसम्म आएका सभापति शेरबहादुर देउवा ०६४ को चुनावमा पराजयपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको विकल्पमा रामचन्द्र पौडेल संसदीय दलको नेता भएको विषयमा समेत जानकार छन् ।

तर, उनी अझै आफै संसदीय दलको नेता बनेर शक्ति र सुविधा आफ्नो पोल्टामा राख्ने प्रयत्नबाट भने पछि हटेका छैनन् । उनी संसदीय दलको नेता बनेर आफूलाई पार्टी र सरकार दुबैको वर्तमान देखि भविश्यसम्मको नेताका रुपमा प्रस्तुत गर्दै मझधारमा देखिएका पार्टीका कतिपय नेतालाई समेत आफूतिर तान्ने र संगठन आफ्नै पञ्जामा राख्न खोजिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);