देउवालाई दलको नेतामा लोभ नगर्न दोस्रो तहका नेताको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

देउवालाई दलको नेतामा लोभ नगर्न दोस्रो तहका नेताको सुझाव

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका दोस्रो तहका नेताले संसदीय दलको नेतामा सर्वसम्मतिको प्रयास थालेका छन् । सर्वसम्मतिमा नेता चयन गर्दा सकारात्मक सन्देश जाने भन्दै प्रदीप गिरी, नारायण खड्कालगायत नेताले सर्वसम्मतिको प्रयास थालेका हुन् ।

सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, दोस्रो तहका नेताहरु महामन्त्री शशांक कोइरालाको नाममा सहमति जुटाउने प्रयासमा लागेका छन् । रामचन्द्र पौडेल पक्षले कोइरालाको नाममा सहमति नभएको अवस्थामा देउवाविरुद्ध पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई मैदानमा उतार्ने निर्णय गेरेको छ ।

पौडेल पक्षले सभापति देउवा निर्विकल्प नभएको सन्देश दिन सिंहदाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । संसदीय दलको नेता चयन हुन ३२ भोट ल्याउनुपर्नेमा देउवासँग ४३ सांसद छन् । कांग्रेसमा २१ गते हुने संसदीय दलको नेताको निर्वाचन अन्तर्गत भोलि साँझ उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);