सांसदलाई सपथग्रहण गराउने तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सांसदलाई सपथग्रहण गराउने तयारी अन्तिम चरणमा

काठमाडौं, १९ फागुन । प्रतिनिधिसभाका सांसदलाई भोलि अपरान्ह चार बजे र राष्ट्रिय सभाका सांसद्लाई अपरान्ह ५ बजे सपथग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी ३ सय ३४ मध्ये ३ सय ३० सांसद सपथमा सहभागी हुने छन् ।

प्रतिनिधिसभामा राजपाका सांसद रेशमलाल चौधरी जेलमा रहेका कारण तथा राष्ट्रियसभामा राष्ट्रपतिले मनोननीत गरेका तीन जनालाई सपथ नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएका कारण ३ सय ३० सांसद सपथमा सहभागी हुने भएका हुन् । ३ सय ३० मध्ये ४२ सांसदले मातृभाषामा र बाँकी सांसदले नेपाली भाषामा सपथ लिने भएका छन् ।

४२ जना सांसद्ले विभिन्न १० वटा मातृभाषामा सपथ लिन निवेदन दिएका छन् । संघीय संसद सचिवालयका अनुसार १७ सांसदले मैथली, ९ सांसदले हिन्दी, ५ सांसदले भोजपुरी, ३ सांसदले थारू, २ सांसदले मगर र २ सांसदले बज्जिका भाषामा सपथ लिने छन् । सचिवालयका अनुसार उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिन निवेदन दिएका छन् ।

हिन्दीमा सपथ लिन निवेदन दिनेमा राजपाका राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण लगायत छन् । निवर्तमान सभामुख ओनसरी घर्ती र माओवादी केन्द्रका नेता वर्षमान पुनले मगर भाषामा सपथ लिनुहुने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);