गण्डकीमा सांसदले किन लिन पाएनन् मातृभाषामा शपथ ? | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

गण्डकीमा सांसदले किन लिन पाएनन् मातृभाषामा शपथ ?

पोखरा । गुरुङ जातिको उद्गम थलोका रुपमा लिइने गण्डकी प्रदेशमा ६० मध्ये ३ सांसदले मातृभाषामा शपथ लिएका छन् । गण्डकी प्रदेशमा सबैभन्दा बढी समानुपातिक क्लष्टरमा आदिवासी जनजाति पर्छन् । ४२.३७ प्रतिशतभन्दा बढी आदिवासी जनजातिबाट प्रतिनिधित्व हुन्छ । यहाँ खसआर्यको ३७.२४ प्रतिशत मात्रै प्रतिनिधित्व छ । गण्डकीमा आदिवासी जनजातिबाट २३ जना सांसद निर्वाचित भएका छन् ।

तिमध्ये अधिकांशले नेपाली भाषामै शपथ लिए । ३ जना सांसदले मात्रै आफ्नो मातृभाषामा शपथ लिएका छन् । कास्कीकी सरस्वती गुरुङ, स्याङजाका पञ्चराम गुरुङ र लमजुङकी पार्वती तामाङले मात्रै आफ्नो मातृ भाषामा शपथ लिएका हुन् । उनीहरु आफ्नै जातिको पहिरनमा सजिएर संसद छिरेका थिए । अरु सांसदहरू मातृ पहिरनमा सजिए पनि शपथ भने नेपाली भाषामा लिए ।

मातृभाषामा शपथ लिने मध्ये सरस्वती र पार्वती नेपाली कांग्रेसका हुन् भने पञ्चराम राप्रपाका हुन् । जातीय एकता देखाउनकै लागि आफुले मातृभाषामा शपथ लिएको सांसद सरस्वती गुरुङले बताइन् । ‘यो एकताको प्रतिक हो । सबै जातजातिका व्यक्तिहरुको फूलबारी हो गण्डकी भन्ने सन्देश गएको छ,’ उनले भनिन् । मातृभाषामा शपथ लिने तीनै जना समानुपातिक सांसद हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);