बाग्मतीका सांसदले मातृभाषामा पनि शपथ लिन पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाग्मतीका सांसदले मातृभाषामा पनि शपथ लिन पाउने

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित भएका बाग्मती प्रदशेका सांसदहरुले बिहीबार शपथ लिने भएका छन् । प्रदेशसभा सचिवालय हेटौडामा बिहीबार दिउँसो २ बजे नवनिर्वाचत प्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ ।

सांसदहरुले शपथ लिनु अगाडी ज्येष्ठ सदस्यको शपथ गराइने छ । ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ गराउने छन् । सचिवालयले सदस्यहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नै सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर उपस्थित हुन आग्रह गरेको छ ।

हालसालै खिचिएको ६ वटा फोटो पनि ल्याउन आग्रह सचिवालयले आग्रह गरेको छ । आफ्नै मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी ३ दिनभित्र उपलब्ध गराउन भनिएको छ । बाग्मती प्रदेशमा १ सय ९ जना सांसद निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);