लुम्बिनी प्रदेशका सांसदले आज शपथ लिदैं | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनी प्रदेशका सांसदले आज शपथ लिदैं

दाङ । लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथ ग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।

लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभातर्फ निर्वाचितमध्ये दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।

सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ–आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेशी (अबधी) र गीता गुरुङले गुरुङ भाषामा सपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);