कांग्रेसमा मेलमिलापको नीति कार्यान्वयन भएन | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

कांग्रेसमा मेलमिलापको नीति कार्यान्वयन भएन

विनोद शाही ठकुरी । २०१७ साल पुस १६ गते बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने । त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन भएका थिए ! त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते उनी गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर नेपाल फर्के। त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएका छन् ।

२०३३ सालमा महामानव बिपि कोइरालाले राजा संग मिलेर जानुपर्ने विचार र उहाँले राष्ट्रिय रुपमा गर्नुभएको मेलमिलापको सन्देश आजको दिनमा उतिकै आबश्यक्ता र औचित्यपुर्ण छ ! तर विपि कोइरालाको मेलमिलाप नितिको मर्मविपरीत कांग्रेसमा धुर्बिकरण देखीएको छ । वर्तमान लोकतान्त्रिक दल नेपाली कांग्रेस भित्र चरम गुटबन्दी र सत्ता लिप्सा बाजि स्वार्थमा मेलमिलापको निति हराउँदै गएको र कांग्रेसजनमा निराशा छाएको पक्कै हो ।

लामो समय सम्म राजनीतिमा जीवन व्यतीत गरेका नेताकार्यकर्ताको निराशा र गुटबन्दीका कारण एकपक्षीय सिकार धेरैजनालाई वर्तमान परिस्थितिमा परिवर्तन सहितको चलायमान नेतृत्व आबश्यक देखिन्छ ! सरकार केवल सत्तामा बस्न मात्र होईन, नेतृत्व भगवान सरह जनताले पुज्नु पर्ने कुलिनतन्त्रमा मात्र हुन्छ यो प्रजातन्त्रमा सुहाउँदो हुँदैन र यस्तो कहिँ कतै पनि छैन! यसरी सरकारको नेतृत्व आम नागरिकको हकमा जीवन रक्षा गर्ने हुनुपर्नेमा मन्त्री पदमा सट्टाबाजि गर्नेखाले क्रियाकलापले अराजनीतिक चरित्र पनि उदाङ्गिएको छर्लङ्ग छ ।

नेपाली कांग्रेसमा १४ औं महाधिवेशनले केही उत्साह ल्याउछ भन्नेमा नेताकार्यकर्तामा खुसीयाली छाएको थियो तर, वर्षदिन बितिसक्दा पनि पार्टी नेतृत्व र जिम्मेवार पदाधिकारीहरुबाट यो या त्यो वाहनामा आज कांग्रेस पार्टी भित्र झन् असन्तुष्टि बढ्दै जानू चुनौतीपूर्ण छ! पुर्णता दिईनुपर्ने भातृसंघ संस्थालाई चलायमान गर्न रोकेर सत्ताको निम्ति मैदानमा संघर्षरत संस्थालाई शुनसान बिघटन अवस्था सम्म पुगाउनु कांग्रेसले कार्यकर्ताको भावना बिपरित गरेको क्रियाकलाप र कार्यकर्तामा असन्तुष्टि देखिनु सामान्य होइन!

आफ्नो पार्टीमा धेरै समयदेखी संगठन नगरेर के कारण हामी जित्न सक्दैनौ किन जित्दैनौ जस्ता महत्त्वपूर्ण गर्नुपर्ने के हो भन्ने सवाललाई त्यसको समिक्षा समेत नगरी अन्योल गर्दै नेतृत्व र पार्टीका जिम्मेवार नेताहरू पन्छिन मिल्छ, आफ्नो पार्टीको शक्तिलाई कमजोर गर्ने र अन्य दलको साठगाठ गठबन्धनले पार्टीको हितमा प्राविधिक सहयोग पुगेपनि दीर्घकालीन रुपमा शोभनीय हुन्छ कि हुँदैन थुप्रै प्रश्नहरु उठेका छन् ।

आज गठबन्धनको नाममा राजनीतिमा जिवनभर अहोरात्र लाग्नुभएका कयौं ईमानदार नेताहरु सहिद हुनुपरेको अवस्था हामी सामु छ, निर्वाचनमा टिकट बितरणमा गरिएका कमिकमजोरिले गएको निर्वाचनमा ठुला शक्ति पराजित हुनु र स्वतन्त्रका नामले धेरै ब्यक्तिहरु धेरै ठाउँमा निर्वाचित भएर आउनु स्वाभाविक होईन!

हिजोका दिनमा गठबन्धन गर्दै गर्दा र आज सत्ता लिप्साका कारण गठबन्धन दल बाहिरिएका छन् ! हिजो नेतृत्वले भन्दैगर्दा कांग्रेस नेताकार्यकर्ताले गठबन्धन दलमा भोट हाल्न तयार हुने इमानदार जनतालाई नेतृत्वको चित्तबुझ्दो जवाफ के हो दिन सक्नुपर्छ। जिम्मेवार कांग्रेसका नेताहरूले दिनसक्नुपर्ने गम्भीर चुनौती छ।

कांग्रेसले सत्ता प्राप्ति भन्दा पनि अब पार्टी शक्ति बढाउन केन्द्रित भई सुदृढ पार्टी बनाउने अवसरलाई स्वर्णिम बनाउन लागि पर्नु नै कांग्रेसको हितमा भई जहाँदेखी लोकतन्त्रलाई मजबुत बनाउने अवसर पुग्ने छ कांग्रेस चुक्नु हुँदैन।

लेखक शाही नेपाल बिद्यार्थी संघका नेता हुन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);