बिपी कोइरालाले अंगालेको मेलमिलापको आवश्यकता आज पनि उत्तिकै छः नैनसिंह महर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बिपी कोइरालाले अंगालेको मेलमिलापको आवश्यकता आज पनि उत्तिकै छः नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अंगालेको मेलमिलापको आवश्यकता आज पनि उत्तिकै रहेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोलिटिकल डिबेट फोरमले काठमाडौंमा शनिवार आयोजना गरेको कार्यक्रममा उनले बिपीका असल विचार कांग्रेसमा मात्रै नभइ सबै पार्टीमा उपयोगी हुने बताए ।

‘कांग्रेसले मुलुकमा संघीयताको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि कम्युनिस्टहरूसँग मिलेरै भए पनि तीनै तहको निर्वाचन सम्पन्न गरेको छ, यो मेलमिलाप नीतिको एउटा सुन्दर नमूना हो । त्यसपछि पनि कांग्रेस मेलमिलापकै बाटोमा थियो । प्रचण्डजीले लोकतान्त्रिक–बाम गठबन्धनलाई धोका दिए । त्यो मेलमिलाप विपरित भयो,’ नेता महरले भने। मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलले दल गत स्वार्थ त्यागेर अघि बढ्नुपर्ने उको भनाइ छ ।

राजनीतिलाई सत्ता प्राप्तिको खेलमामात्र परिणत गर्दा त्यसले सही नतिजा नदिने नेता महरको भनाइ छ। ’कांग्रेससँग वीपीले आफूमाथि आठ–आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको गर्विलो इतिहास् छ। त्यो इतिहासलाई साक्षी राखेर भए पनि कांग्रेसले इमान्दारिता र मेलमिलापका लागि कसैसँग गद्दारी गर्दैन। सत्ता प्राप्तिकै लागि कसैलाई धोका दिँदैन,’ उनले भने।

अहिले नेपाली राजनीतिमा इमान्दारिताको खडेरि रहेको औंल्याउँदै नेता महरले त्यसको परिपूर्ति गर्न नेताहरूमा मेलमिलापको भावना हुनुपर्ने बताए।

१६ पुस ०३३ मा कांग्रेसका संस्थापक नेता कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);