प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको सपथग्रहण फागुन २० गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको सपथग्रहण फागुन २० गते

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई फागुन २० गते सपथ खुवाइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का निम्ति संघीय संसद्को अधिवेशन आहवान गरेकाले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई फागुन २० गते सपथ खुवाइने भएको हो ।

sava

काठमाडौं, १० फागुन । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई फागुन २० गते सपथ खुवाइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का निम्ति संघीय संसद्को अधिवेशन आहवान गरेकाले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई फागुन २० गते सपथ खुवाइने भएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले प्रतिनिधिसभाका सांसद्लाई फागुन २० गते अपरान्ह ४ बजे र राष्ट्रिय सभाका सांसदलाई त्यहि दिन अपरान्ह ५ बजे सपथ खुवाउने तयारी गरिएको जानकारी दिए । सचिवालयले सपथग्रहणका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई निर्वाचित भएको प्रमाणपत्रसहित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा उपस्थित हुन सूचना जारी गरेको छ ।

सचिवालयले सांसदहरुलाई राष्ट्रिय वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन आग्रह गरेको छ । दुवै सभाका सांसद्ले जेष्ठ सांसद्बाट सपथ खाने संवैधानिक व्यवस्था छ । जेष्ठ सांसदले भने राष्ट्रपतिबाट सपथ लिनुपर्ने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);