प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन ।

oli-prachanda

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन ।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहाललाई आज बालुवाटारस्थित आफ्नै निवासमा बोलाएर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका हुन । वार्तामा मन्त्रालयको भागबण्डाका विषयमा कुरा भएको बताइएको छ । तर कुन दलले कुन मन्त्रालय लिने भन्नेमा के कुरा भयो भन्ने विस्तृत विवरण भने वाहिर आएको छैन । प्रधानमन्त्री ओलीले भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन ।

फागुन ३ गते गठन भएको मन्त्रिपरिषद्मा हाल प्रधानमन्त्री ओलीवाहेक दुई जना मात्र सदस्य छन् । ओली र दाहालबीचको भेटवार्ता लगत्तै एमाले र माओवादी केन्द्रको कार्यदलको बैठक बसेको छ । ओली र दाहालको उपस्थितिमा अन्तरिम विधान र संगठन सम्बन्धी कार्यदलको संयुक्त बैठक बसेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);