केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन । प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हालेको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन ।

pm kp oli

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन । प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हालेको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन । मन्त्रिपरिषद् विस्तार सम्बन्धमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग वा टु वान वार्ता गरेका छन ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफ्नै निवासमा बोलाएर वा टु वान वार्ता गरी मन्त्री बन्नेहरुको नाम मागेका छन । प्रधानमन्त्री ओलीले नाम मागेसँगै मन्त्रीको नाम टुंगो लगाउन दाहालले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन । खासगरी पार्टीको भागमा परेको गृह मन्त्रालयमा रामबहादुर थापा, जनार्दन शर्मा र वर्षमान पुनले दाबी नछोडेपछि दाहाललाई मन्त्री छान्न सकस परेको हो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको सन्तुलन मिलाउनेभन्दा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्ने नेतालाई मन्त्री बनाउन दाहालसँग आग्रह गरेका छन । यता एमालेमा पनि आकांक्षीहरु धेरै भएका कारण मन्त्री हुनेको अन्तिम टुंगो लागेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);