मन्त्रीमण्डल विस्तारसंगै शेर बहादुर तामाङ स्वास्थ्य मन्त्री बन्ने पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मन्त्रीमण्डल विस्तारसंगै शेर बहादुर तामाङ स्वास्थ्य मन्त्री बन्ने पक्का

kp oli


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । शुक्रबार जसपा नेपाललाई सरकारमा समाहित गरेलगतै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्ता गरेका हुन् । मन्त्रिपरिषद् विस्तार गरेसंगै ओलीले आफूसँग ७ वटा मन्त्रालय रोखेका छन् । आज विस्तार हुने मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय रहने छ ।

प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी ७ वटा मन्त्रालय रहने छन् । मन्त्रिपरिषद् विस्ता गरेसंगै विष्णु पौडेल उपप्रधानसहित अर्थमा परेका छन् भने रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा कायम रहने भएका हुन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा शेर बहादुर तामाङले शपथ ग्रहण लिने छन् । उता भर्खरै जसपाबाट सरकारमा समाहित भएका राजेन्द्र महत्वबाहेकका ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);