प्रधानमन्त्री ओलीद्वारा आज मन्त्रिपरिषद् विस्तारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा आज मन्त्रिपरिषद् विस्तारको तयारी

PM oli

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि हुने दुई मन्त्री नियुक्तिको तयारी गरेका हुन । हिजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवन गएकाले विस्तार हुन सकेको थिएन ।

आज नेकपा माओवादीबाट सरकारमा सहभागि हुने दुई मन्त्रीलाई सपथ गराउने र मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद्लाई पुर्णता दिइने छ । प्रधानमन्त्री ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको संख्या घटाउन लागिएको हो ।

सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयसहित १५ वटा मन्त्रालय रहने उल्लेख छ । यसैको सेरोफेरोमा रहेर मन्त्रालय निर्धारण गर्ने तयारी सरकारको छ । संविधानअनुसार बढीमा २५ जनासम्म मन्त्री राख्न पाइन्छ । केन्द्रमा मन्त्रालय १५ मात्र राखिए पनि केही राज्यमन्त्रीसमेत नियुक्त गरिने सम्भावना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);