मुख्यमन्त्री राउतले प्रदेशसभाको बैठकमा विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुख्यमन्त्री राउतले प्रदेशसभाको बैठकमा विश्वासको मत लिने

मुख्यमन्त्री राउतले दुई नम्बर प्रदेशको आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन । प्रदेशसभाको बैठक अपरान्ह १ बजे बोलाइएको छ ।

lalbabu rahut

काठमाडौं, १० फागुन । मुख्यमन्त्री राउतले दुई नम्बर प्रदेशको आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन । प्रदेशसभाको बैठक अपरान्ह १ बजे बोलाइएको छ ।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ । आजको बैठकमा मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन् ।

त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिने र सभामुखले मतदानका लागि आव्हान गर्ने कार्यतालिका छ । दुई नम्बर प्रदेशमा १ सय ७ जना सांसद रहेकाले मतदानमा आफ्नो पक्षमा ५४ वा त्यसभन्दा बढी मत आएमा राउत मुख्यमन्त्री कायम रहनु हुनेछ ।

यो प्रदेशमा संघीय समाजवादी फोरमका २९ र राष्ट्रिय जनता पार्टीका २५ गरी ५४ सांसद छन् । मुख्यमन्त्री राउतले आफ्नो पक्षमा मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन । काँग्रेससँग १९ जना सांसद छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);