प्रदेश नम्वर दुईको मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश नम्वर दुईको मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

प्रदेश नम्वर दुईको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत नियुक्त भएका छन ।प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन । 

lalu babu rahut

काठमाडौं,२ फागुन । प्रदेश नम्वर दुईको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत नियुक्त भएका छन ।प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।

राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन् ।

मुख्यमन्त्रीको सपथ भने बिहीबार हुनेछ । यता प्रदेश नम्वर पाँचको मुख्यमन्त्री नियुक्तिको तयारी भएको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारी भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);