प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत चयन

lalbabu raut

जनकपुर, २२ माघ । प्रदेश नम्बर २ को मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत बन्ने भएका छन् ।

दुई नम्बर प्रदेशमा २९ सिटसहित सबैभन्दा ठूलो दलको हैसियतमा रहेको फोरम नेपालले राउतलाई दुई नम्बर प्रदेशको संसदीय दलको नेता चयन गरेको छ । सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन भएसँगै राउतलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । संसदीय दलको नेताका लागि राउतसँगै सात जनाको उम्मेदवारी परेको थियो ।

अन्य ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि पर्साको निर्वाचन क्षेत्र नम्बर १ ख बाट निर्वाचित राउतलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । दुई नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरलाई तोकिएको विरोधमा वीरगञ्जमा चर्को विरोध भइरहेका बेला फोरमले वीरगञ्जका राउतलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेको हो ।

२ नम्बर प्रदेशमा फोरम र राजपाको वहुमत रहेकाले राउत मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै छ । एउटा दलको वहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने पार्टीको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);