प्रदेश १ र ४ को पहिलो बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

प्रदेश १ र ४ को पहिलो बैठक आज बस्दै

pradesh4

काठमाडौं, २२ माघ । प्रदेश नम्बर १ र ४ को प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ ।

प्रदेश नम्बर १ को विराटनगर र ४ को पोखरामा बैठक बस्न लागेको हो । प्रदेश नम्बर १ मा जिल्ला समन्वय समितिको सभाहलमा १ बजे बस्ने बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दै छन् । सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् ।

प्रदेश ४ मा प्रदेश सभाको बैठक नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ । अहिले ११ बजे सुरु हुने बैठकको अध्यक्षता जेष्ठ सदस्य जनकलाल श्रेष्ठले गर्दै छन् । दुवै प्रदेशमा बैठकका कार्यसूचि यसअघि नै तय गरिसकेकिएको छ । ७ मध्ये ५ वटा प्रदेशको प्रदेश सभाको पहिलो बैठक यसअघि नै सम्पन्न भइसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);