चार वटा प्रदेशमा आइतबार हुने पहिलो प्रदेशसभा बैठकको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चार वटा प्रदेशमा आइतबार हुने पहिलो प्रदेशसभा बैठकको तयारी पुरा

काठमाडौ, २० माघ । चार वटा प्रदेशमा आइतबार हुने पहिलो प्रदेश संसद बैठकको तयारी पूरा गरेका छन् । प्रदेश नम्बर २, ५,६ र ७ मा माघ २१ गते हुने पहिलो बैठकको तयारी पुरा भएको हो ।

प्रदेश नम्बर २ को प्रदेश सभाको पहिलो बैठकका लागि जनकपुरको शिक्षा कार्यालय स्थित शैक्षिक तालिम केन्द्र सजाइएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय प्रमुख गंगा यादवले बैठकका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । प्रदेश नम्बर २ को पहिलो बैठकको कार्यसूचीसमेत तयार पारिएको छ । कार्यसूचीमा प्रदेश प्रमुखको पत्र जेष्ठ सदस्य लगनलाल चौधरीले पढेर सुनाउने छन् ।

यस्तै प्रदेश नम्बर ५ मा पनि पहिलो प्रदेश सभा बैठकको तयारी पूरा भएको छ । प्रदेश नम्बर ५ को संसद सचिवालय रहेको बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आइतबार विहान ११ बजेपछि बैठक बस्ने छ । पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले गर्नेछन् ।

प्रदेश नम्बर ६ मा आइतबार हुने बैठकका लागि कार्यसूची तयार भइसकेको छ । बैठक आह्वान गरेको पत्र, अन्तरिक कार्यविधि पारित गर्ने, प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट एक–एक जना सांसद बोल्ने र सभामुखको चुनावका लागि माघ २९ गते मिति तोक्ने गरी एजेण्डा तय गरिएको प्रदेश संसद सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश नम्बर ६ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा नेपालको प्रतिनिधित्व रहेको छ । प्रदेश नम्बर ६ मा ४० जना सांसद रहेका छन् ।

यसैगरी आइतबार हुने प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभा अधिवेशनमा सहभागी हुन प्रदेश प्रमुख, ९ जिल्लाका प्रदेश सांसद धनगढी पुगिसकेका छन् ।

अधिवेशन हुने जिल्ला समन्वय समितिको सभाहल सजाइएको छ । अधिवेशनको कार्यसूची समेत तयार पारिएको छ । कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सांसदका जेष्ठ सदस्यले अध्यक्षता गर्ने छन् । बैठक करिब डेढ घन्टा संचालन हुने बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);