आइतबार हुने प्रदेशसभा सदस्यहरूको सपथ ग्रहणका लागि तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आइतबार हुने प्रदेशसभा सदस्यहरूको सपथ ग्रहणका लागि तयारी पूरा

काठमाडौं, ६ माघ । प्रदेशसभा सदस्यहरूको आइतबार हुने सपथ ग्रहणका लागि तयारी पूरा भएको छ । सातवटै प्रदेशका अस्थायी मुकाममा हुने प्रदेशसभा सदस्यहरूको सपथग्रहणका लागि प्रदेश प्रमुखहरू पुगिसकेका छन् ।

प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख गोविन्द सुब्बा प्रदेशसभा सदस्यहरूको सपथका लागि आजै विराटनगर पुगेका छन् । विरानगरको वीरेन्द्र सभागृहमा सपथ ग्रहणको तयारी गरिएको छ ।

त्यस्तै, प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यहरूको सपथग्रहण जनकपुरस्थित उद्योग वाणिज्य संघको सभा भवनमा हुने भएको छ । त्यसका लागि संघको राजर्षिक जनक सभा कक्षमा सपथग्रहण गराउने तयारी गरिएको हो ।

आईतबार विहान ८ बजे हुने प्रदेशसभा सदस्यहरुको सपथग्रहणको लागि सभा कक्षलाई सजाउने कार्य भईरहेको छ । सभा कक्षामा सपथग्रहणको लागि चाहिने कुर्सी, मंच, लाईट र सरसफाईको कार्यलाई तीव्रता दिइएको छ ।

सपथग्रहणको लागि सभाकक्षलाई सजाउनको लागि करिब ६० हजार रुपैयाँ खर्च गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीहरुले सफाई कार्यलाई तिव्रता देखिएका छन् । सडक र बाटोहरुको समेत मर्मत कार्य गरिएको छ । सहरी भवन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले प्रदेश प्रमुखलाई बस्ने व्यवस्था जनकपुर चुरोट कारखानामा मिलाइएको  जानकारी दिए ।

तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिवार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पदभार ग्रहण गरेकी छन् । शनिबार साँझ हेटौंडा पुगेकी प्रमुख कोइरालाले पदभार ग्रहण गरेकी हुन् ।

त्यस अवसरमा उनलाई प्रतिनिधी सभा सदस्य कृष्ण दाहाल, प्रदेश सभा सदस्यहरु डोरमणी पौडेल, मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठसहित नेपाल सरकारका उच्च ओहोदाका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभार ग्रहण पछि सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले आफु संबिधानको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रदेश प्रमुख कोइरालाले आइतबार विहान १० बजे प्रदेश सभाका जेष्ठ सदस्य डोरमणी पौडेललाई सपथ खुवाउने कार्यक्रम रहेको छ । साँढे १० बजे बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य पौडेलले अन्य १ सय ९ प्रदेश सभा सदस्यलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । तीन नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ ६६ जना र समानुपातिक तर्फबाट ४४ जना प्रदेशसभा सदस्य रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);