प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक आइतबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक आइतबार बस्दै

सन्तोष रोकाया
धनगढी, २० माघ । प्रदेश नम्बर सातको पहिलो प्रदेशसभा बैठक (आईतबार) भोली धनगढीमा बस्दै छ । बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको छ । बैठकमा सहभागी हुन प्रदेश प्रमुख, प्रदेश सांसद् धनगढी आइपुगेका छन् । बैठकका लागि जिल्ला समन्वय समितिको सभाहल सजाइएको छ ।

बैठकमा प्रस्तुत गरिने कार्यसूचि पनि तयारी पारि सकिएको छ । कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन् । बैठक करिब डेढ घन्टा संचालन हुने बताइएको छ । बैठक शान्तीपूर्णरुपमा समापन हुने प्रदेश सचिवालयले जनाएको छ।

जेष्ठ प्रदेश सदस्य दिव्यश्वरी शाहले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने छन् । प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।

दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ । बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा ९६० को उपदफा–१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ । त्यसपछि बैठक समाप्त हुने संघिय संसद सचिवालयका सह–सचिव मुरारी महतले बताए ।

पहिलो पटक प्रदेश बैठक हुन लागेकाले चूनौती भएपनि शान्तीपूर्ण तरिकाले बैठक सम्पन्न गर्ने प्रदेश सचिवालयले जनाएको छ । बैठक सम्पन्न हुन बढिमा डेढ घण्टा लाग्नेछ । बैठकको सुरक्षार्थ खटिएका मर्यादापालकको पोषाक दौरासुरुवाल हुनेछ । प्रदेश सदस्यले भने बैठकले नियमावली बनाएपछि मात्रै कस्तो पोषाक लगाउने भन्ने निर्धारण हुने सह–सचिव महतले बताए ।

प्रदेश ७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्ला समेटिएका छन् । यो प्रदेशमा ५३ सांसद रहेका छन् । निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाएको २० दिनमा पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बैठकको तयारी गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);