प्रदेश नं २ मा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश नं २ मा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने

काठमाडौं, २१ माघ । प्रदेश नं २ मा नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने भएका छन् । एकभन्दा बढी आकांक्षी भएका कारण यी दुवै दलमा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको हो । एक सय सिट रहेको दुई नम्बर प्रदेशमा फोरम २९ सिटसहित सबैभन्दा ठूलो दल हो भने एमाले २१ सिटसहित तेस्रो स्थानमा छ ।

सबैभन्दा ठूलो दलको नाताले फोरमले मुख्यमन्त्री पाउने सम्भावना छ । संसदीय दलको नेता मुख्यमन्त्रीको उम्मेदवार हुने भएकाले फोरममा लालबाबु राउत, विजय यादव र शैलेन्द्र साह संसदीय दलको नेताको प्रतिस्पर्धीका रुपमा देखिएका छन । फोरमको प्रदेसभा सदस्यको बैठकले दलको नेता निर्वाचनको माध्यमबाट चयन गर्ने निर्णय गरी रेणु यादवको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ । दुई नम्बर प्रदेशमा राजपा नेपाल २५ सिटसहित दोस्रो स्थानमा छ । फोरम र राजपाले मिलेर सरकार बनाएको अवस्थामा नेकपा एमाले प्रमुख विपक्षी दल हुने छ । एमालेको संसदीय दलको नेताका लागि स्थायी कमिटी सदस्य एवं प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र पोलिटब्यूरो सदस्य शत्रुधन महतो आकांक्षीका रुपमा देखिएका छन ।

मण्डल र महतोले एक अर्कालाई स्वीकार नगरेपछि निर्वाचनबाट दलको नेता चयन गरिने भएको हो । मण्डलले बरिष्ठ नेता र प्रदेश संयोजक भएका नाताले आफू सर्वसम्मत रुपमा दलको नेता हुनुपर्ने बताए छ । तर महतोले मण्डलको गलत कार्यशैलीका कारण प्रदेश नम्बर २ मा तीनै तहका निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउन नसकेको भन्दै मण्डललाई दलको नेताका रुपमा स्वीकार नगर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);