सर्वसम्मत नभए निर्वाचनमार्फत मुख्यमन्त्री छान्ने एमालेको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्वसम्मत नभए निर्वाचनमार्फत मुख्यमन्त्री छान्ने एमालेको निर्णय

काठमाडौं, १६ माघ । प्रदेशसभाको मुख्यमन्त्रीमा आकांक्षी धेरै भएपछि नेकपा एमाले सर्वसम्मत नभएको ठाउँमा निर्वाचन प्रक्रियाबाट संदीय दलको नेता चयन गर्ने भएको छ ।

पार्टी मुख्यालय धुमबराहीमा आज बसेको एमाले स्थायी कमिटि बैठकले सर्वसम्मत हुन नसकेको ठाउँमा निर्वाचन प्रणाली मार्फत संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीत आन्तरिक निर्देशन जारी गर्ने भएको छ । एमालेले आगामी १८ गते देखि २१ गतेसम्म प्रशिक्षण सञ्चालन हुने जनाएको छ ।

वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता भइसकेका छन् तर, अन्य प्रदेशमा टुंगो लागेको छैन । प्रदेश ६ र ७ मा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री बन्नेछन् । प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);