लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा गिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा गिरी

बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । नेता चयन संगै लुम्बिनीको सरकारको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य गिरीले गर्ने संभावना बढेको छ ।

एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई सर्वसम्मत चयन गरेको हो । संसदीय दलको नेता बनेसँगै उनको मुख्यमन्त्री बन्ने संभावना बलियो भएको हो । आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् ।

आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफल गरी एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति गरेका थिए । त्यसपछि अपरान्ह बसेको संसदीय दलको बैठकले गिरीलाई संसदीय दलको नेता चयन गरेको हो ।

गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।

एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);