राजीनामाको दबाब खेपिरहेका देउवा झन शक्तिशाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राजीनामाको दबाब खेपिरहेका देउवा झन शक्तिशाली

काठमाडौं । नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्ता गठबन्धन भत्किएर नयाँ सरकार गठन भएपछि सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने आवाज इतर समुहले उठाइरहेको छ ।
देउवाकै कारण केन्द्रदेखि सातै प्रदेशमा कांग्रेस सत्ताविमुख हुन परेको आरोप लागेको बेला उनी पार्टीभित्र झन् बलियो देखिएका छन् ।

सात प्रदेशमध्ये ६ प्रदेशको संसदीय दलमा देउवानिकट नेताहरु निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यामा पनि उनि निकट धेरै नेताहरुले जित हासिल गरेका छन् ।
हिजोमात्रै सुदूरपश्चिम प्रदेशमा कोमलबहादुर शाह सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भए । अन्य कसैको उम्मेदवारी नपरेपछि शाह सर्वसम्मत दलको नेता चयन भएका हुन् । उनी देउवा निकटका नेता मानिन्छन् ।
त्यस्तै, बाग्मती प्रदेशमा संस्थापन इतरका बहादुर लामा संसदीय दलको नेतामा निर्वाचित भए । इन्द्र बानियाँलाई ५ मतान्तरले पराजित गर्दै लामाले २१ मत ल्याएर विजय भए ।
प्रदेश १ मा संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । सो प्रदेशमा दलको नेताका लागि तीनजनाको उम्मेदवारी परेको थियो । प्रदेश सभापतिसमेत रहेका थापालाई सिटौला समुहको समर्थन थियो । उनले १८ मत ल्याउँदा इतर पक्षका केदार कार्कीले ९ र देउवा पक्षकै नेता अमृत अर्यालले २ मत ल्याएका थिए ।

मधेश प्रदेशमा पनि प्रदेश सभापति कृष्णप्रसाद यादव संसदीय दलको नेतामा निर्वाचित भए । उनले १८ मत पाउँदा रामसरोज यादवले ४ मत प्राप्त गरेका थिए । यसैगरी, गण्डकी प्रदेशमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी र कर्णाली प्रदेशमा जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);