सत्तारुढ दलबीच मिल्यो भागवण्डा, एमालेलाई ९ र रास्वपालाई ३ मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सत्तारुढ दलबीच मिल्यो भागवण्डा, एमालेलाई ९ र रास्वपालाई ३ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गरिने भएपनि सत्तासाझेदार दलबीच मन्त्रालय भागवण्डा सकिएको छ । प्रधानमन्त्री दाहालले पुस २६गते विश्वासको मत लिदैछन् ।

सरकारका न्युनतम साझा कार्यक्रम बनाउन बुधबार बसेको सत्तागठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटबारे छलफल गरेको थियो ।

दश मन्त्रालय दाबी गर्दैै नेकपा एमालेको भागमा ९ मन्त्रालय परेको छ । प्रधानमन्त्री पाएको माओवादी केन्द्रले ५ मन्त्रालयमा चित्त बुझाउदा राष्ट्रिय स्वतन्त्र पार्टीले एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाउने भएको छ ।

जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु भने सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि मात्र सरकार आउने/नआउने टुंगो लाग्ने बताउँदै आएका छन् । सरकारले बिहीबार नै न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);