साझा कार्यक्रम कार्ययोजना बनाई अघि बढाउन प्रचण्डको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

साझा कार्यक्रम कार्ययोजना बनाई अघि बढाउन प्रचण्डको निर्देशन

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम कार्यान्वयनका कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ । सरकारको न्युनतम साझा कार्यक्रम पहिलाको भन्दा धेरै विकसित र परिमार्जित भएर आएको उहाँले स्पष्ट पार्नुभयो । सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गर्नुभएको छ ।

बिहीवार सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको न्युनतम साझा कार्यक्रममा सअघिको सरकारसँग रहेका दलहरु र अहिलेका सरकारमा रहेका दलहरुकै साझा रुपमा कार्यक्रम राखिएकाले सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गर्नुभयो । उहाँले न्युनतम साझा कार्यक्रम कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाइ अघि बढ्न निर्देशनसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको न्युनतम साझा कार्यक्रम पहिलाको भन्दा धेरै विकसित र परिमार्जित भएर आएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाप्रधानमन्त्री हुँदाको न्युनतम साझा कार्यक्रम, यसअघिको गठबन्धनबाट म प्रधानमन्त्री हुँदाको न्युनतम साझा कार्यक्रमसमेतलाई अध्ययन गरेर त्यसमा भएका सबै राम्रा कुरालाई अझ व्यवस्थित रुपमा सरकारको यो नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम बनेको छ । मैले अघिल्लो पटक न्युनतम कार्यक्रम घोषणा गर्दै गर्दा सबै राजनीतिक दलहरुलाई र नेपाल सरकारका सबै कर्मचारीलाई कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाइ अघि बढ्न निर्देशन गरेको थिएँ । यो ड्राफ्ट भेट्ने बुद्धिजीविले यो प्राथमिकता र साझा न्युनतम कार्यक्रम धेरै वैज्ञानिक रहेको प्रशंसा गर्नुभएको छ । यो साझा कार्यक्रमलाई कार्ययोजनामा ढालेर कार्यान्वयन गर्ने हो भने देशका समस्या समाधान हुनेछन् । यो विकसित र परिमार्जित भएर आएको छ । अहिले भएका १० दल पहिलाको सरकारमा भएका पार्टीहरुको पनि दिमाग लागेको छ । त्यसैले भन्ने हो भने यो राष्ट्रिय सहमतिकै साझा न्युनतम कार्यक्रम भन्न सकिन्छ । यो राष्ट्रिय सहमतिको साझा न्युनतम कार्यक्रम हो ।’ प्रधानमन्त्री दाहालले न्युनतम साझा कार्यक्रलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी, राजनीतिक दलहरु सबैको रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);