गृहमन्त्री लामिछानेको दाबी– न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता राख्छौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

गृहमन्त्री लामिछानेको दाबी– न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता राख्छौं

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ ।

बिहीवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले ल्याउने साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखिने उहाँको भनाइ थियो । अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै गृहमन्त्री लामिछानेले स्वास्थ्य क्षेत्रको सुधार, सेवा प्रवाहलाई चुस्त बनाउने र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने दाबी गर्नुभयो ।

जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेण्डामा कुनैपनि दलको विमति नभएको उहाँको भनाइ थियो । सरकारमा रहेका पार्टीहरु विचार र सिद्धान्तभन्दा पर गएर न्युनतम साझा कार्यक्रममार्फत अघि बढ्ने भन्दै गृहमन्त्री लामिछानेले नागरिकको विषयमा विवाद भए राजनीतिक दल हुन नसक्ने धारणा राख्नुभयो ।

उहाँले भ्रष्टाचार निवारण गर्ने विषयमा सबै दल सहमत रहेको जिकिर गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);