गृहमन्त्री लामिछानेलाई प्रश्न- अब तपाईंमाथि निष्पक्ष ढंगले छानबिन होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गृहमन्त्री लामिछानेलाई प्रश्न- अब तपाईंमाथि निष्पक्ष ढंगले छानबिन होला ?

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुमाथिको छानबिन प्रहरीले स्वतन्त्र रुपमा गर्न पाउने बताएका छन् ।

पदभार ग्रहण गर्न शपथ लगतै मन्त्रालय पुगेका लामिछानेले यस्तो बताएका हुन् । प्रहरीले तपाईंको नागरिकता र पासपोर्टमाथि अनुुसन्धान गरिरहेको छ, त्यहिँ प्रहरीको कमाण्ड गर्ने ठाउँमा आउनुभएको छ, यसो गर्दा स्वार्थ बाझिँदैन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने– ‘सबैका लागि बराबर ढंगबाट काम गर्ने हो । चाहे म हुँ । चाहे अर्को कोहि होस । स्वतन्त्र ढंगले छानबीन गर्ने अधिकारमा मेरो सहयोग रहन्छ । त्यस्तो केहि हुन्दैन् ।’

गृहमन्त्रीको पदभार ग्रहण गर्दै कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिलाउने घोषणा गरेका छन् । निर्मलाको बलात्कार पछि हत्या भएको थियो । रविले सञ्चारकर्मी रँहदा यो मुद्धालाई विषेश रुपमा उठाएका थिए । निर्मला पन्तलाई न्याय दिलाउने पहिलो घोषणा गरेका छन् ।

साथै, उनले आम नागरिकको शान्ति सुव्यवस्थालाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गरेका छन् । संगठनको मनोबल उच्च राख्ने काममा पनि आफु लाग्ने उनको प्रतिवद्दता रहेको छ ।

सरकारको हो मा हो भन्नका लागि मात्र सहभागि नभएको भन्दै पदका लागि सरकारमा नआएका उनको दाबी थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);