बाम एकताको प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाम एकताको प्रयास

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकले बाम एकताको लागि कार्यदल गठन गरेको छ ।

बिहीवार पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय ४५औं सचिवालयको बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको पार्टी प्रवक्ता एवं उपमहासचिव जगन्नथ खतिवडाले बताउनुभयो । कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति तथा संस्थालाई जोड्न काम गर्ने बताउनु भयो ।

उपमहासचिव खतिवडाले सत्ता गठबन्धनले आफूलाई औपचारिक रुपमा सरकारलाई समर्थनका लागि प्रस्ताव नै नगरेको जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);