मुखैमा आएको सत्ता उम्कदा कांग्रेस भित्र भाँडभैलो, दोष जति देउवालाई (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मुखैमा आएको सत्ता उम्कदा कांग्रेस भित्र भाँडभैलो, दोष जति देउवालाई (भिडियो रिपोर्ट)

बटुकराज गिरी माउण्टेन टेलिभिजन

काठमाडौं । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्षमा छ । यसको समिक्षा काँग्रेसभित्र फरक गुटहरुले गर्दै आइरहेका छन् । पुस २२ मा सुरु हुने केन्द्रीय समिति बैठक २८ गतेका लागि सरे पछि सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षीय दुवै समूहले छुट्टाछुट्टै बैठक तथा भेलाहरु राख्दै आगामी रणनीति बनाइरहेका छन् । कोइराला पक्षले केन्द्रीय समिति बैठकमा सभापति देउवाको राजीनामादेखि विधान महाधिवेशनसम्मको माग उठाउने तयारीसम्म गरेको छ ।

यतिबेला ८९ सीटसहित संसदको ठूलो दल बनेको नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी बनेको छ । ३२ सिट ल्याएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ७८ सिटको दोस्रो ठूलो दल नेकपा एमालेसहित साना दलको साथ पाएर प्रधानमन्त्री छन् । यो घटनापछि काँग्रेसभित्र ठूलै खैलाबैला मच्चिएको छ । आरोप प्रत्यारोप चलि नै रहेको छ । शेरबहादुर देउवाको चरम सत्तालिप्साका कारण पार्टीले मुखैमा आएको सत्ता उम्कन पुगेको भन्दै सस्थापन इतरपक्षले चरम असन्तुष्ट जनाएको छ । इतरपक्षले सभापति देउवाको राजीनामादेखि विधान महाधिवेशनसम्मको माग गरेको छ । तर, सभापति देउवाको शक्ति काँग्रेसभित्र कत्तिपनि घटेको छैन । केन्द्रीय कमिटी र संसदीय दल दुवैमा दुई तिहाई शक्तिमा रहेकाले देउवा पार्टीभित्रका विरोधीले डेग चलाउन नसक्नेमा ढुक्क छन् ।

२०४६ सालको परिर्वतनपछि देउवा शक्तिशाली बन्दै गए । राजनीतिमा उतारचढाव आएपनि उनी पाँच पटक देशको प्रधानमन्त्री बन्न सके । मुखैमा आएको सत्ता गुमाउनु परेपछि भने देउवाले अपजसको भारी बोक्नुपर्ने वाध्यता आइलागेको छ । सत्ता र शक्तिको प्रतिस्पर्धामा जित्दा नेताहरूबीच जस लिन तँछाडमछाड चल्ने गरे पनि संस्थापनपक्षका नेताहरु चुपचाप देखिन्छन् र सशक्त रुपमा प्रतिपक्षको भुमिका निर्वाह गर्ने भन्दै आइरहेका छन् ।

गठबन्धन टुटेको विषयलाई लिएर आरोप प्रत्यारोप गरिरहेका कांग्रेसका नेताहरू पुस २२ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको थियो तर उक्त बैठक सरेर पुस २८ गते पुगेको छ ।

संसदीय दलको चुनावको मतपरिणाममा होस् या सातै प्रदेशको संसदीय दलको नेतामा देउवा निकटको नै वर्चश्व देउवा पार्टी भित्र शत्तिशाली नै देखिन्छन् । यस्तो अवस्थामा देउवाको राजीनामादेखि विधान महाधिवेशनसम्मको मागलाई संस्थापनइतर पक्षको रणनीतिमै सिमित हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);