निर्वाचनको रणनीति तय गर्न कांग्रेसद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

आगामी निर्वाचनको रणनीति तय गर्न कांग्रेसद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान, लोकतान्त्रिक गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँडबारे विशेष छलफल हुने

काठमाडौं, १९ असोज । आगामी निर्वाचनको रणनीति तय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाइएको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तय गर्ने नेताहरुले बताएका छन् । बैठकमा आगामी निर्वाचनका लागि बनेको लोकतान्त्रिक गठबन्धनबारे पनि छलफल हुने केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए ।

प्रमुख सत्ता साझेदार तथा संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र र संसदको दोस्रो शक्ति नेकपा एमालेले बाम गठबन्धन निर्माण गरेको भोलिपल्टै कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन बनाएको छ ।

गठबन्धनले आगामी निर्वाचनका लागि कुन जिल्लामा कुन पार्टीलाई टिकट दिने भनेर सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरिसकेको छ । शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्वाचन क्षेत्र बाँडफाँटको विषयलाई टुंगो लगाउने बताइएको छ ।