आज २४ औँ विश्व शिक्षक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज २४ औँ विश्व शिक्षक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

teacher

अप्सरा गौतम
काठमाडौं, १९ असोज । आज २४ औँ विश्व शिक्षक दिवस, स्वतन्त्रमा शिक्षा, शिक्षकहरुलाई सशक्त पार्दै भन्ने नाराका साथ नेपलमा पनि बिभिन्न कार्यक्रम गरि दिवश मनाइएको छ ।

सरकारले हरेक वर्ष शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट छुट्याउने गरेता पनि सामुदायिक विद्यालयहरुको अवस्था भने उकासिन सकेको छैन ।

स्वतन्त्रतामा शिक्षा, शिक्षकहरुलाई सशक्त पार्दै भन्ने नाराका साथ विश्वभर शिक्षक दिवश मनाईरहँदा नेपालको सामुदायिक बिद्यालयहरुको पठनपाठन भने खस्किँदो अबस्थामा रहेको छ । सरकारले २०७४÷०७५का लागि मात्र शिक्षा क्षेत्रमा १ खर्ब ३१ अर्ब रुपैयाँको लगानी छट्टाएको छ । यो बजेटको ठूलो हिस्सा शिक्षकको तलवका लागि खर्च हुने गरेको छ।

तर शिक्षकले शिक्षा क्षेत्रलाई राजनीति गर्ने थलोको रुपमा विकास गर्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्दै आएको छ । जसको प्रत्यक्ष असर सामुदायिक विद्यालयमा पर्ने गरेको छ ।

राजधानीमा अवस्थित राणाकालिन समयको एक मात्र दरबार हाईस्कुल, जसले धेरैको भविष्य कोरेको छ तर उसकै भविष्य अन्योल छ । कुनै समय अटनखटन विद्यार्थी हुने यस विद्यालयमा आज विद्यार्थीको संख्या ज्यादै न्यून छ ।

कारण हो शिक्षकको लापर्बाही । देशमा यस्ता धेरै सामुदायिक बिद्यालय छन् । जहाँ विद्यार्थीको उपस्थिति कम छ । शिक्षक आफ्नो कर्तव्यमा कटिबद्ध हुन नसक्दा सामुदायिक विद्यालयप्रति अभिभावकको धारणा नकारात्मक बन्दै गएको छ । तर सामुदायिक विद्यालयको अवस्था खस्कनुमा सरकार नै दोषी रहेको शिक्षकहरुको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);