नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालयमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

 

साउन २४ , काठमाण्डौँ । प्रमुख सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालयमा सुरु भएको छ ।

निर्वाचन आयोगले भदौ १ गतेसम्म निर्वाचनको मिति घोषणा गरिसक्न तथा क्षेत्र निर्धारणको प्रतिवेदन र आवश्यक कानून दिइसक्न आग्रह गरेको भोलिपल्ट काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो । बैठक दुई नम्बर प्रदेशमा आगामी असोज २ गतेका लागि तय गरिएको निर्वाचनको रणनीति तय गर्न केन्द्रीत छ ।

बैठकमा टिकट वितरणका अलावा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने तथा निर्वाचनको मिति तोक्ने विषयमा पनि छलफल भइरहेको नेताहरुले बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);